Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ट्रक खोलामा खस्दा एकको मृत्यु, दुईजना घाइते

ट्रक खोलामा खस्दा एकको मृत्यु, दुईजना घाइते


  • 4.3K
    Shares

    • images
    ट्रक खोलामा खस्दा एकको मृत्यु, दुईजना घाइते
    images

    वाग्मती । मकवानपुरको भीमफेदीमा मालवाहक ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अरू दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

    आज भीमफेदी गाउँपालिका–१ को सानुटारनजिक फलाम बोकेको ट्रक अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार सिन्धुलीका २८ वर्षीय भोजराज बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

    त्रिभुवन राजपथ हुँदै काठमाडौं जाँदै गरेको प्रदेश १–०२–००१ख ८७५९ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको र बस्नेतको घटनास्थलमै ज्यान गएको रिमालले बताए ।

    दुर्घटनामा ट्रक चालक मोरङको सुन्दरहरैचाका राजन बाँस्कोटा र सहचालक सोही ठाउँका सरोज आचार्य घाइते भएका र उनीहरूको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ११ २०७८ शुक्रवार - ११:२९:३४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij