२०८२ भाद्र १० गते मंगलवार
पछिल्लो २४ घण्टामा देशभर २४३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २०५२ पीसीआर परीक्षणबाट र ३८१ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ९ हजार ७०२ नमुनाको पीसीआर परीक्षण र ४ हजार ६७२ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १४ हजार ३८४ गरिएको छ ।
१९२९ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट २६ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ३८ हजार ३८४ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ५४ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८१ हजार ९६८ पुगेको छ ।
हालसम्म ७ लाख ५ हजार ८९३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ६३८ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij