Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

सुनसरीमा एकैदिन विभिन्न मुद्दामा कैद ८३ जना फरार प्रतिवादी पक्राउ

सुनसरीमा एकैदिन विभिन्न मुद्दामा कैद ८३ जना फरार प्रतिवादी पक्राउ


  • 4.3K
    Shares

    सुनसरीमा एकैदिन  विभिन्न मुद्दामा कैद ८३ जना फरार प्रतिवादी पक्राउ

    काठमाडौं । सुनसरीमा एकैदिन ८३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

    जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा कैद वा जरिवाना ठहर भई हालसम्म फरार रहेका ८३ जनालाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

    फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परेका ८३ जना समेत गरी चालु आर्थिक वर्षमा ३८३ जनाबाट ८० वर्ष दुई महिना २३ दिन कैद र १४ लाख ७९ हजार ५०० रुपैयाँ जरिवाना असुल गरी फर्छ्योट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    पक्राउ पर्नेहरूमा गर्भपतन, मानव बेचबिखन, सवारी ज्यान, लागुऔषध, जबर्जस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्धविच्छेद, भ्रष्टाचार, गाली–बेइज्जती मुद्दाका फरार प्रतिवादीहरू रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १० २०७८ बिहिवार - १४:११:३३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij