Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ देखि १३ गतेसम्म दिइने

भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ देखि १३ गतेसम्म दिइने


  • 9.1K
    Shares

    भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ देखि १३ गतेसम्म दिइने

    काठमाडौं । काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गतेदेखि दिइने भएको छ ।

    कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई भदौ ११ गतेदेखि १३ गतेसम्म दोस्रो मात्रा दिइने स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । खोपको दोस्रो मात्रा करिब २ लाख १६ हजार नागरिकले लगाउने उनले बताए ।

    भदौ ५, ६ र ७ गते सार्वजनिक विदा परेकाले ९ गते दिइने भनेको खोप कार्यतालिकाअनुसार खोप नदिएर भदौ ११ गतेदेखि दिइने व्यवस्था मिलाइएको स्वास्थ्य प्रमुख खड्काको भनाइ छ ।  भदौ ४ गतेदेखि सुरु भएको भेरोसेलको पहिलो मात्रा आज र भोलि पनि खोप अभियान सञ्चालन हुने उनले बताए ।  

    प्रकाशित मिति :भाद्र ९ २०७८ बुधवार - १४:२४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij