Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

टाटाको नयाँ विद्युतीय गाडी टाइगोर अगस्ट ३१ मा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता ?

टाटाको नयाँ विद्युतीय गाडी टाइगोर अगस्ट ३१ मा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता ?


  • 5.9K
    Shares

    • images
    टाटाको नयाँ विद्युतीय गाडी टाइगोर  अगस्ट ३१ मा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता ?
    images

    टाटा मोटर्सले अपडेटसहितको नयाँ विद्युतीय टाइगोर अनावरण गरेको छ। कम्पनीले केही दिनअघि मात्रै अनलाइनमार्फत नयाँ टाइगोर अनावरण गर्दै यसको बुकिङ खुलाएको हो। अटो हिन्दुस्तानका अनुसार नयाँ विद्युतीय टाइगोर सार्वजनिक अगस्ट ३१ मा मात्रै हुँदैछ।

    कम्पनीले हाल बजारमा उपलब्ध टाटाको टाइगोरमा भन्दा नयाँ विद्युतीय टाइगोरमा थुप्रै परिवर्तन र अपडेट गरेको दाबी गरेको छ। यो विद्युतीय टाइगोरमा जिपट्रोन प्रविधि छ।

    जुन टाटाको विद्युतीय नेक्सनमा पाइन्छ। विद्युतीय नेक्सन सार्वजनिक भएको छोटो समयमै राम्रो बजार पाएको गाडी हो। भारतमा यतिबेला टाटाको विद्युतीय नेक्सन सबैभन्दा बढी बिक्री हुने गाडीमध्ये पर्छ।  

    कम्पनीले नयाँ विद्युतीय टाइगोरको बाहिरी र आन्तरिक डिजाइनमा समेत विशेष ध्यान दिएको देखिन्छ। यसको बाहिरी आवरण टाटाको टियागो र अल्ट्रोजबाट प्रभावित अपडेट गरेर तयार गरिएको छ। यसको अगाडि निकै सानदार प्रोजेक्टर हेडल्याम्प छ। गाडीको अगाडि भएको ग्रिल र फ्रन्ट बम्पर पनि अपडेट गरिएको छ। त्यस्तै यसको टायरहरूमा पनि अहिलेको टाइगोरको तुलनामा भिन्नता भने पक्कै पाउन सकिन्छ। 

    यसको क्याबिन र विशेषतामा पनि परिवर्तन देख्न सकिन्छ। गाडीको ड्यासबोर्ड र सिटहरूमा रंगको परिवर्तन गरिएको छ। जुन विद्युतीय नेक्सनमा जस्तै हुनेछ। गाडीमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पाइन्छ जुन हार्मन अडिओ सिस्टममा कनेक्ट हुन्छ। नयाँ विद्युतीय टाइगोरमा ३० भन्दा बढी कनेक्ट कार फिचर पाइन्छ। 

    जिपट्रोन प्रविधिमा आधारित नयाँ विद्युतीय टाइगोरमा २६ किलोवाटको लिथियम–आयन ब्याट्री प्याक हुन्छ जुन विद्युतीय मोटरसँग संयुक्त रूपमा पाइन्छ। यसले ७३.७५ एचपी पावर र १७० एनएमको टर्क जेनेरेट गर्छ। 

    कम्पनीका अनुसार नयाँ विद्युतीय टाइगोर शून्यदेखि ६० किलोमिटरको रफ्तारमा गुड्न जम्मा ५।७ सेकेन्ड लाग्छ। यो गाडी "ड्राइभ" र "स्पोर्ट" गरी दुई मोडमा चलाउन सकिन्छ। 

    विद्युतीय टाइगोरलाई घरमै चार्ज गर्न मिल्छ। फास्ट चार्जरको मद्दतमा एक घण्टामा यसलाई ८० प्रतिशत चार्ज गर्न सकिन्छ। घरायसी सकेटमा ८० प्रतिशत चार्ज हुन भने ८ घण्टाको समय लाग्छ। 

    कम्पनीले नयाँ विद्युतीय टाइगोरको सुरक्षामा पनि विशेष ध्यान दिएको छ। यसमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस, हिल एसेन्ट कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोललगायत सुविधा पाउन सकिन्छ। गाडीको सम्पूर्ण बनावट निकै कडा र सुराक्षित छ। 

    भारतमा नयाँ विद्युतीय टाइगोरको बुकिङ सुरू भइसके पनि गाडी अगस्ट ३१ मा मात्रै आधिकारिक रुपमा सार्वजनिक हुँदैछ। नयाँ विद्युतीय टाइगोरको मूल्य जम्मा भारु २१ हजार हुने अनुमान लगाइएको छ।एजेन्सी

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - १४:५६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij