२०८२ भाद्र १६ गते सोमवार
गुरु: गजल
विद्वच्छिरोमणि
घनश्याम न्यौपाने "परिश्रमी"
समायोजक : कमला महत
आजको गजल प्रशिक्षणका प्रशिक्षक आदरणीय गुरु गजल विद्वच्छिरोमणि घनश्याम न्यौपाने "परिश्रमी" ज्यू र अभ्यासमा सहभागी सम्पूर्ण गजल श्रष्टाहरुमा हार्दिक धन्यवाद् !
बहर- हजज अखरब अबतर मुसद्दत
(छन्द- तोटकसँग दुरुस्त मिल्ने)
अर्कान. 112.112.112.112
उदाहरण -
सुख दिन्न कतै मनको रिसले
डसिराख्छ सधैं यसको विषले
आजका सिर्जनाहरु
--------------------------
शतक शृङ्खलामा प्रस्तुत -
सुख दिन्न कतै मनको रिसले
डसि राख्छ सधैं यसको विषले
जहिल्यै तलको तल नै छन् उनी
म त माथि चढेँ अति कोसिसले
शुभभाव फुलोस् मनभित्र सधैं
नगरूँ कहिल्यै छल साजिसले
कति छन् कति पीडित आत्मा यहाँ
तिनको दुख बुझ्नु छ मानिसले
किन काम भनेपछि दिक्क हुँदै
म त सक्दिनँ भन्दछ खप्पिसले
डा. घनश्याम परिश्रमी
-----------------------------------
गजल
बहर- हजज अखरब अबतर मुसद्दत
घर बन्छ कहाँ घर साजिसले
सपना सब हुन्छ धुलो रिसले
कमजोर हुँदैन नशा जितको
दिल बन्दछ मादक कोसिसले
नबुझेर खुशी किन दूर गयौ
हुनसक्छ सहज हल के बिषले
हर जन्म छ व्यर्थ नकाब भए
पहिचान बचाउँछ आशिषले
गर प्यार तिमी भर प्यास सधैँ
तब मानिस जोड्दछ मानिसले
स्पन्दन विनोद
--------------------------
गजल
कसरी मनको सब ताप हरुँ।
मन भित्र सुवास लगेर भरुँ।
धरती भरका सब मानवको।
दिल भित्र सुवास समेत छरुँ।
मिहिनेत गरी तन जाँगरले।
उपकारहरू दिन रात गरुँ।
जति दुःख र कष्ट हवस् तनमा।
सहदै जहिले पनि लागि परुँ।
रणमा अब बन्दुक क्यैं नचलोस्।
यदि चल्छ भने म गएर मरुँ।
तोयानाथ सुबेदी
--------------------------
गजल (तोटक छन्दमा)
मन मन्दिरकी, सब इज्जत हौ
रसिली गुनिली, मृदु सङ्गत हौ
घरमा खटिने,प्रिय हे! सँगिनी
गृहकी अति नै,बलियो छत हौ
यस जीवनकी,शुभ सौम्य परी
अति हर्ष दिने,गमिलो खत हौ
सबमाझ अझै,बनिँदा सजिली
शुभ लाभ दिने,गति सम्मत हौ
जब खुल्दछ आगत मन्द भई
तब लाग्दछ,केवल यो सत हौ
विदुर अधिकारी
रामपुर,चितवन
--------------------------
गजल
जब भावहरू मनमा सकियो
सुख शान्ति सबै तनमा सकियो
कसरत नगरी ***दगुर्यो मनुवा
हरियोपरियो ***वनमा सकियो
किन दुःख दिने पल खोज्दछ ऊ
सुख सङ्गत सब धनमा सकियो
प्रिय पात्र चिनौँ छल छाम बुझौ
किन मित्र पना जनमा सकियो
मत खिन्न छु दुःख बढ्यो जहिले
बल जाँगर यी **रनमा सकियो
कुमार शर्मा अविरल
हाल मकाऊ
--------------------------
सय पीर ब्यथा भरिएर बसें
जब चोट मिल्यो र खिएर बसें
अब दर्दहरु भरिए मनमा
सब दुस्ख भुलें र पिएर बसें
सहयोग गरें अति दुःख हुँदा
उनको मनमा पुजिएर बसें
जब घात भयो दिलमा अतिनै
दिनहूँ मत झन् थलिएर बसें
कहिले डरमा कहिले भरमा
र सधैँ म त दर्द लिएर बसें
*कमला महत
--------------------------
न दुखीहरुको उपचार भयो ।
न त मक्ख हुने सरकार भयो ।
जति छन् गतिला ढिकुटीहरु ती
चतुरा जनको घरबार भयो ।
करको पिरलो थपिएपछि झन्
अझ कष्ट यता भरमार भयो ।
गणतन्त्र भनी चुनिएर पनि
किन राजनको अवतार भयो ।
सुखछैन कतै कसरी सहने
म त भन्छु अहो अतिसार भयो ।
गिरिराज डल्लाकोटी
--------------------------
तन हो नरको मनमा सकियो
अनुशासन पालनमा सकियो ।
कविता त मिठो गरियो रचना
नहुँदा स्वर वाचनमा सकियो ।
अब निर्णय गर्छु भनी म बसेँ
पल त्यो पनि गन्थनमा सकियो ।
विजयी बनिने सपना उसको
दगुर्यो तर धावनमा सकियो ।
मतिभ्रष्ट छ ऊ धन मात्र रह्यो
वरका परका जनमा सकियो ।
-मिलन कुमार ढुङ्गाना
--------------------------
भोकमा म हुँदा न छ भोज कुनै
शोकमा कहिल्यै छ र मोज कुनै
छ विचार मभित्र सफा मनमा
नमिठो नबनोस् अब खोज कुनै
मलले जलले नपुगेर यहाँ
अझ फुल्न सकेन सरोज कुनै
कति कुर्नु सधैँ यसरी पथमा
छ कहाँ दिलको भन ओज कुनै
देखिए हकदार भनी चिनिने
अनि रोदन बन्दछ पोज कुनै
सिर्जना खनाल
--------------------------
गजल
बहर-हजज अखरव अवतर मुसद्दस
न हिसाब रह्यो कति पाप भयो !
जति पाप गर्यो फलिफाप भयो !!
अपराध बढ्यो सब दुष्ट भए !
किन धर्म सबै अभिशाप भयो !!
मतिभ्रष्ट हुँदा गतिनाश हुने !
मनमा अति नै परिताप भयो !!
सहने कति हो अतिचार सधैँ ।
अपसोच भनौं करकाप भयो।।
वासुदेव ठकुरी ।
--------------------------
बहर : हजज अखरव अवतर मुसद्दस
सुखमा गतिलो उपहार दियौ
दुखका अतिरिक्त प्रकार दियौ
मन दुख्छ यहॉ हरचोट सहेॅ
भरि प्रेम ममा उपचार दियौ
विरही म भएँ सगॅमा नहुॅदा
शुभ सोच गरी प्रिय प्यार दियौ
छ ममा अधुरो सपना धनको
अति मर्म बुझेर जुहार दियौ
म दुखी जहिल्यै अनभिज्ञ थिएँ
सब मार्ग प्रदर्शन धार दियौ।
विन्दा पराजुली बराल
--------------------------
न हिसाब रह्यो कति पाप भयो !
जति पाप गर्यो फलिफाप भयो !!
अपराध बढ्यो सब दुष्ट भए !
किन धर्म सबै अभिशाप भयो !!
मतिभ्रष्ट हुँदा गतिनाश हुने !
मनमा अति नै परिताप भयो !!
सहने कति हो अतिचार सधैँ ।
अपसोच भनौं करकाप भयो।।
वासुदेव ठकुरी ।
--------------------------
गजल अभ्यास
बहर- हजज अखरव अवतर मुसद्दत
दिनमा यसरी रखवार गरी
म उठेँ उसको उपकार गरी
सब दुस्ख भुली जिउने भइयो
मनमा तनमा सुविचार गरी
सपना रटना उसमा रहँदा
नभनी उसले पनि प्यार गरी
छ सफा दिलमा रजनी समय
छु खुसी भन दुःख म पार गरी
सबको दिल प्यार जितेँ मनले
धन रूप घमण्ड बिचार गरी
मीरा ज्ञवाली
--------------------------
विधा:-गजल
छन्द : तोटक
नहुने लतमा फसियो पहिले
असती मदिरा पिइयो पहिले
झगडा गरेको हुँ सबै दिनमा
घरको गतिलो बनियो पहिले
उसको धन हो कपटी म भएँ
बिचरा बटुवा लुटियो पहिले
म त दानव झैँ बदनाम थिएँ
कति मित्रहरू लुछियो पहिले
झुटको बिउ छरछार गरी
सुनको करुवा जडियो पहिले
दुर्गा क्षेत्री
नवलपरासी।।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij