Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

अपहरण काण्डमा जेल सजाय तोकिएका अभियुक्त ६ वर्षपछि पक्राउ

अपहरण काण्डमा जेल सजाय तोकिएका अभियुक्त ६ वर्षपछि पक्राउ


  • 3.5K
    Shares

    • images
    अपहरण काण्डमा जेल सजाय तोकिएका अभियुक्त ६ वर्षपछि पक्राउ
    images

    अपहरण तथा शरीर बन्धक मुद्दामा ६ वर्ष देखि फरार रहेका अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२९ बस्डिलवाका ४० वर्षीय बुधनराम चमार रहेको पर्सा प्रहरीले जानकारी दिएको छ । 

    प्रहरीका अनुसार विशेष सूचनाको आधारमा चमार वीरगन्ज महानगरपालिका बस्डिलवाबाटै पक्राउ परेका हुन् ।

    पक्राउ परेका चमार उपर अदालतबाट ९ वर्ष कैद ५० हजार जरिवाना तोकिएको छ । ०७१ सालको ६ भदौमा भएको भारत विहार रक्सौल निवासी रितेश कुमारको अपहरण गरी फिरौती लिने काण्डमा उनी संलग्न थिए । 

    प्रहरीले अपहरण तथा शरीर बन्धकको मुद्दा चलाएपछि पर्सा अदालतले २०७३ साल असार ६ गतेको दोषी ठहर गर्दै ९ वर्ष कैद र ५० हजार जरिवाना सुनाएको थियो । 

    अदालतले उनीविरुद्ध फैसला सुनाएदेखि चमार फरार थिए । पक्राउ परेका चमारलाई कारबाहीका लागि अदालतमा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र ५ २०७८ शनिवार - १५:५३:२८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij