Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बढ्यो सुनको मूल्य, तोलाको कति ?

बढ्यो सुनको मूल्य, तोलाको कति ?


  • 8.1K
    Shares

    • images
    बढ्यो सुनको मूल्य, तोलाको कति ?
    images

     आज शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य हिजो बिहीबारको भन्दा ४०० रुपैयाँले घटेको बताएको छ ।

     जसअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको छ ।

    सुनचाँदी व्यवसायी महासंघले हिजो बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा किनबेच भएको बताएको छ । सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने उकालो लागेको छ ।

    तोलामा १५ रुपैयाँले बढेको चाँदी आज प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । हिजो बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार १८० रुपैयाँ कायम थियो ।

    प्रकाशित मिति :भाद्र ४ २०७८ शुक्रवार - ११:५६:३३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij