Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एसियाली देशमा इन्टरनेट स्पिड बढाउन पानीमुनी इन्टरनेट केबल बिछ्याउँदै गुगल र फेसबुक

एसियाली देशमा इन्टरनेट स्पिड बढाउन पानीमुनी इन्टरनेट केबल बिछ्याउँदै गुगल र फेसबुक


  • 8.3K
    Shares

    एसियाली देशमा इन्टरनेट स्पिड बढाउन पानीमुनी इन्टरनेट केबल बिछ्याउँदै गुगल र फेसबुक

    काठमाडौं । एसिया प्रशान्त क्षेत्रमा इन्टरनेट क्षमता र गति बढाउन फेसबुक र गुगलले साझेदार गर्ने भएका छन् ।

    सामुन्द्रिक टापुसम्म इन्टरनेट पुर्‍याउने उद्देश्यका साथ यी कम्पनीले पानी मुनी इन्टरनेट केबल बिछ्‌याउने भएका हुन् । दक्षिण पूर्वी एसिया अर्थात इन्डोनेसियाबाट सुरु भएर उक्त केबल जापानसम्म पुर्‍याइने छ ।

    ‘डब्ड एप्रिकोट’ नाम दिइएको उक्त परियोजनाले जापान, ताइवान, गुआम, फिलिपिन्स, सिंगापुर र इन्डोनेसियालाई कनेक्ट गर्नेछ । उक्त सबमरिन केबलको कुल लम्बाइ १२ हजार किलोमिटर हुने जनाइएको छ ।

    फाइबरमा आधारित भएर तयार पारिएको फाइबर–अप्टिक सिस्टमले १९० टेराबाइट प्रतिसेकेण्ड डेटा ट्रान्सफर गर्न सक्ने जनाइएको छ । जसले उक्त क्षेत्रमा उत्कृष्ट फोरजी, फाइभजीका साथै ब्रोडब्यान्ड कनेक्टिभिटी उपलब्ध हुनेछ ।

    हालसम्मको तयारीअनुसार उक्त परियोजना सन् २०२४ सम्म सम्पन्न भएर प्रयोगमा आउनेछ । ठूला प्रविधि कम्पनीले सबमरिन केबलको तयारी गरेको यो नै पहिलो पटक भने होइन ।

    फेसबुक र गुगलले नै दक्षिण अमेरिकादेखि इन्डोनेसिया र सिङ्गापुरलाई जोड्ने गरी ‘इको एण्ड बिफरोस्ट’ परियोजना यसअघि नै सुरु भइसकेको छ । 

     

    प्रकाशित मिति :भाद्र २ २०७८ बुधवार - ११:४९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij