Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

चीनबाट थप १६ लाख डोज ‘भेरोसेल’ खोप नेपाल ल्याइँदै

चीनबाट थप १६ लाख डोज ‘भेरोसेल’ खोप नेपाल ल्याइँदै


  • 5.7K
    Shares

    चीनबाट थप १६ लाख डोज ‘भेरोसेल’ खोप नेपाल ल्याइँदै
    images

    काठमाडौं । सरकारले चीनबाट थप १६ लाख डोज खोप ल्याउने भएको छ। चीनले अनुदान स्वरुप दिएको कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन जाने भएको हो। 

    दुई दिनमा १६ लाख डोज खोप ल्याउने तयारीका साथ निगमको जहाज बुधबार बिहान ११ बजे चीन जाने तालिका रहेको छ। बुधबार ८ लाख  र विहीबार ८ लाख गरी १६ लाख डोज भेरोसेल खोप ल्याउन लागिएको हो। 

    बुधबार गएको जहाज राती १२ बजे फर्कने तालिका रहेको छ । बिहीबार बिहान ७ बजे गएर राती ८ बजे फर्कने उडान तालिका रहेको निगमले जनाएको छ। 

    केही समय अघि प्रधानमन्त्री शेर बहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत हाउ यान्छीले थप १६ लाख डोज खोप अनुदानमा दिने बताएकी थिइन् । सोही खोप बुधबार(आज) र बिहीबार (भोलि)को उडानमा आउन लागेको हो। 

    चीनले यसअघि पनि दुईपटक गरेर १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ । 

    प्रकाशित मिति :भाद्र २ २०७८ बुधवार - ११:१७:४४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij