Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रधानमन्त्री देउवा र महन्थ ठाकुर पक्षबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र महन्थ ठाकुर पक्षबीच भेटवार्ता


  • 6.8K
    Shares

    प्रधानमन्त्री देउवा र महन्थ ठाकुर पक्षबीच भेटवार्ता

    सरकारले दल विभाजनसम्बन्धी अध्ययादेश ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर पक्षबीच आज बिहान भेटवार्ता भएको छ। 

    प्रधानमन्त्री देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला जसपाको ठाकुर समूहसँग छलफल भएको हो। 

    प्रधानमन्त्री देउवा भेट्न नेताहरू ठाकुर, राजेन्द्र महतो र शरतसिंह भण्डारी मंगलबार बिहान प्रधानमन्त्री निवास (बालुवाटार) पुगेको जसपा स्रोतले पुष्टि गरेको छ। तर स्रोतले प्रधानमन्त्री ओली र जसपाका नेताहरूबीचको छलफलबारे केही खुलाएन।

    ​‘प्रधानमन्त्रीज्यूलाई भेट्न तीन जना नेताहरू बिहान ९ बजे बालुवाटार जानुभएको हो,’ जसपा स्रोतले भन्यो। 

    अध्यादेशका बारेमा छलफल गर्न जानुभएको हो भन्ने प्रश्नमा जसपाका ती नेताले भने, ‘अहिले चर्चा नै त्यही विषयको छ। उहाँहरूका बीचमा त्यही बारे कुराकानी भएको हुन सक्छ।’

    प्रकाशित मिति :भाद्र १ २०७८ मंगलवार - ११:५२:१२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij