Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल टेलिकमको नाफा दुई अर्ब घट्यो, यस्ता छन् घटनुका कारण

नेपाल टेलिकमको नाफा दुई अर्ब घट्यो, यस्ता छन् घटनुका कारण


  • 6.4K
    Shares

    नेपाल टेलिकमको नाफा दुई अर्ब घट्यो, यस्ता छन् घटनुका कारण

    नेपाल टेलिकमको नाफा घटेको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ७ अर्ब ४५ करोड ४० लाख ८५ हजार रूपैयाँ रहेको छ ।

    जबकी आर्थिक वर्ष २०७६/७७ मा टेलिकमको खुद नाफा ९ अर्ब ७४ करोड ८९ लाख ५६ हजार रहेको थियो । कम्पनीको खुदानाफा २ अर्ब बढीले घटको छ ।

    आर्थिक वर्ष २०७६/७७ मा टेलिकमको कुल सेवा वापतको आय ३४ अर्ब ६१ करोड ९९ लाख ६४ हजार रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा ३५ अर्ब ९० करोड ३७ लाख ३३ हजार रहेको छ । 

    यस्ता छन् नाफामा कमी आउनुमा टेलिकमले दिएका कारण

    क. कोभिड १९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको ।

    ख. बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालु आ.व. मा घट्न गएको हुंदा व्याज आम्दानीमा कमी आएको ।

    ग. कोभिड १९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डेटा प्याकेज उपलव्ध गरिएको हुंदा अघिल्लो वर्षको तुलनामा डेटाको कन्जमसन बढेतापनि राजश्व आशातितरुपमा वृद्धि हुने अवस्था नरहेको।   

    घ. कोभिड १९ महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको तथा ओटीटी को वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भारी गिरावट आएको ।

    ङ. समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन तथा फोरजी/एफटिटिएच जस्ता नविन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको ।
     

     

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - १४:१२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij