Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

५० मेगापिक्सेलको क्यामेरासहित रेड्मी १० सार्वजनिक हुँदै, यस्ता छन् मुख्य फिचर

५० मेगापिक्सेलको क्यामेरासहित रेड्मी १० सार्वजनिक हुँदै, यस्ता छन् मुख्य फिचर


  • 5.8K
    Shares

    ५० मेगापिक्सेलको क्यामेरासहित रेड्मी १० सार्वजनिक हुँदै, यस्ता छन् मुख्य फिचर
    images

    काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले आफ्नो सहायक ब्राण्ड रेड्मीका लागि नयाँ उत्पादन ल्याउने भएको छ । रेड्मी ९ को सफलतापछि कम्पनीले रेड्मी १० बजारमा सार्वजनिक गर्न लागेको हो ।

    कम्पनीले हालै मि डटकममा एक ब्लग पोस्ट गर्दै रेड्मी १० का तस्वीरसहित महत्वपूर्ण स्पेसिफिकेशनको जानकारी दिएको छ ।

    कम्पनीको सो पोस्टमा दिइएको जानकारी अनुसार रेड्मी १० पञ्च होल डिस्प्ले र क्वाड रियर क्यामेरा सहित आउने छ । कम्पनीले ४ जीबी र्‍यामर६४ जीबी इन्टर्नल स्टोरेज, ४ जीबी र्‍यामर१२८ जीबी इन्टर्नल स्टोरेज र ६ जीबी र्‍यामर१२८ इन्टर्नल स्टोरेज गरी तीन भेरियन्टमा स्मार्टफोन ल्याउनेछ ।

    यो फोन कार्बन ग्रे, पेबल ह्वाइट र सि ब्लु गरी तीन कलरमा उपलब्ध हुनेछ । एन्ड्रोइड ११ मा आधारित मियूआई १२.५ चल्ने फोनमा फुल एचडी प्लस (१०८०ह२४०० पिक्सेल) डट डिस्प्ले रहनेछ, जसमा ९० हर्जको रिफ्रेस रेट रहेनेछ ।

    फोनमा अक्टाकोर मिडियाटेक हेलियो जी८८ चिपसेट रहने छ । फोटो र भिडिओका लागि रेड्मी १० मा क्वाड रियर क्यामेरा सेटअप हुनेछ, जसमा प्राइमेरी सेन्सर ५० मेगापिक्सेलको हुनेछ भने ८ मेगापिक्सेलको अल्ट्रा वाइड शुटर, २ मेगापिक्सेलको म्याक्रो सेन्सर र २ मेगापिक्सेलकै डेप्थ सेन्सर रहनेछ ।

    त्यस्तै ८ मेगापिक्सेलको सेल्फी क्यामेरा सेटअप रहनेछ । ५ हजार एमएएच रहने ब्याट्रीमा १८ वाट फास्ट चार्जिङ र ९ वाटको रिभर्स चार्जिङ सपोर्ट रहनेछ ।

     

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - १२:१६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij