Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कारको ठक्करबाट झापामा स्कुटरमा सवारको मृत्यु

कारको ठक्करबाट झापामा स्कुटरमा सवारको मृत्यु


  • 4.7K
    Shares

    कारको ठक्करबाट झापामा स्कुटरमा सवारको मृत्यु

    काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–७ सिमल चोकनजिक कारको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ ।

    गए राति करिब साढे १० बजे प्रदेश १, ०१–०१२ प १९४२ नम्बरको स्कुटरलाई प्रदेश १, ०१–००१ च ७२७७ नम्बरको कारले ठक्कर दिएको थियो ।

    कारको ठक्करबाट घाइते भएका स्कुटर चालक स्थानीय २८ वर्षीया प्रमिता कार्की र सोही ठाउँकी ३२ वर्षीया सरस्वती मगरलाई उपचारको लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको थियो । उपचारको क्रममा सरस्वतीको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

    ठक्कर दिने कारसहित चालकलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - १०:५६:३३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij