Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु र काका पक्राउ

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु र काका पक्राउ


  • 4.1K
    Shares

    छोरीलाई बलात्कार गरेको आरोपमा बाबु र काका पक्राउ

    पर्वत — जिल्लामा १६ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा ४४ वर्षे बाबु र ३६ वर्षे काका पक्राउ परेका छन् । 

    ललाइफकाई वैशाख २ गते बुबा र साउन २३ मा काकाले बलात्कार गरेका प्रहरीले जनाएको छ । पीडितका दाजुले पर्वत प्रहरीमा गत शनिबार जाहेरी दर्ता गरेका थिए । जाहेरीका आधारमा प्रहरीले दाजुभाइलाई मंगलबार पक्राउ गरेको हो ।

    प्रहरीले बुधबार सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतबाट १० दिनको समय मागेर अनुसन्धान गरिरहेको छ ।

    बलात्कार गरेका बुबा र काकाविरुद्ध किशोरीका दाजुले दिएको जाहेरीका आधारमा दुवै जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक एवं पर्वतका प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीले बताए ।

    अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र काकाकी श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - १०:४४:४३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij