२०८२ भाद्र ३ गते मंगलवार
कैलाली-जिल्लाको गोदावरी नगरपालिकामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ। वडा नम्बर १ अत्तरियाको वनखेतमा घरको छतबाट खसेर महिला मजदुरको मृत्यु भएको हो।
स्थानीय गीता बिष्टको निर्माणाधिन घरमा काम गरिरहेकी गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरकी ३७ वर्षीया बसन्तीदेवी जैसीको छतबाट खसेर मृत्यु भएको हो।
छतबाट खसेर गम्भीर घाइते भएकी जैसीलाई पदमा अस्पतालमा लगिएको थियो।त्यहाँ उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij