२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–१६, चालीस किलोमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गमा ना५ख ६५६७ नम्बरको बस शनिबार बेलुका करिब पौने ८ बजे आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते भएका चारजनालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुर ल्याइएको छ । अरू घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको छ ।
बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय नवलरासी सुस्तापूर्वले नियन्त्रणमा लिएको जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij