Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कोरोना अपडेट : पछिल्लो २४ घन्टामा थप ३९ सय १५ जनामा संक्रमण पुष्टि, २७ को मृत्यु

कोरोना अपडेट : पछिल्लो २४ घन्टामा थप ३९ सय १५ जनामा संक्रमण पुष्टि, २७ को मृत्यु


  • 4.2K
    Shares

    कोरोना अपडेट : पछिल्लो २४ घन्टामा थप ३९ सय १५ जनामा संक्रमण पुष्टि, २७ को मृत्यु

    काठमाडौं : पछिल्लो २४ घन्टामा थप ३९ सय १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। १८ हजार ५८२ नमूना परीक्षण गराउँदा ३९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    ११ हजार ७०८ जनाको पीसीआर र ६८ सय ७४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमा २७ सय ६३ नमूनाको पीसीआर र ११ सय ५२ नमूनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो।

    यस्तै शुक्रबार २१ सय १८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। निको हुने यो ९३.३ प्रतिशत हो। यो सहित नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ७९ हजार ४९४ पुगेको छ।

    मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप २७ जनाले ज्यान गुमाएका छन्।  हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ पुगेको छ।  कोरोना संक्रमित ७३६ जनाको आइसीयू र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :श्रावण २९ २०७८ शुक्रवार - १७:०६:१६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij