२०८२ भाद्र ३ गते मंगलवार
कुश्मा : बिहीबार बिहानदेखि सम्पर्कबिहीन बनेका पर्वतको कुश्माका एक होटल व्यावसायी मृत अवस्थामा फेला परेका छन् । मुस्ताङ होटलका संचालक गजेन्द्र तुलाचन शुक्रबार दिउँसो बागलुङ नगरपालिका १० डबल्याङमा मृत फेला परेका हुन् ।
झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बिहीबा बिहान ६ बजे मर्णिङवाकका लागि निस्किएका तुलाचन दिउँसो अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए।
जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले शुक्रबार दिउँसो मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ । मृतक तुलाचनको शव पोष्टमार्टमा लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij