Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

बालबालिकालाई निमोनिया देखिएपछि बाजुराको अस्पताल बिरामीले भरिभराउ

बालबालिकालाई निमोनिया देखिएपछि बाजुराको अस्पताल बिरामीले भरिभराउ


  • 12.6K
    Shares

    • images
    बालबालिकालाई निमोनिया देखिएपछि बाजुराको अस्पताल बिरामीले भरिभराउ

    कैलाली - जिल्ला अस्पताल बाजुरामा केटाकेटीलाई निमोनिया देखिएपछि अस्पताल बिरामीले भरिभराउ भएको छ । एक सातायता दैनिक २० देखि ३० जनासम्म बालबालिकाहरू अस्पताल आउने गरेको अस्पतालका प्रमुख डा. प्रकाश जोशीले बताए । उनले अधिकांशमा निमोनिया देखिएको बताए ।

    निमोनिया संगै स्वासप्रस्वासमा समेत समस्या देखिएपछि अक्सिजनको सहारामा बालबालिकाको उपचार भइरहेको डा. जोशीले बताए । उनले अस्पतालमा हाल  १३ जना बालबालिकाको उपचार भइरहेको बताए । अस्पताल भर्ना भएका सबैजसो बालबालिकामा निमोनिया भएको र तीमध्ये एक जनामा कोभिड-१९ समेत पोजिटिभ देखिएको डाक्टर जोशीले बताए ।

    प्रकाशित मिति :श्रावण २९ २०७८ शुक्रवार - १६:१७:४५ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij