२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीमा बिहीबार ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बैतडीको सिगास गाउँपालिका–५, बाजपानीका ३३ वर्षीय रामसिंह महराको मृत्यु भएको हो । उनको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राति पौने १० बजे मृत्यु भएको जनाइएको छ ।
हिजो बेलुका करिब साढे ७ बजे महराले चलाएको से१ख ८५१ नम्बरको सिमेन्ट र जस्तापाता बोकेको ट्रक ‘ब्रेकफेल’ भई पछाडि सर्दा सडकबाट अन्दाजी ५५ मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij