Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जिप दुर्घटनामा बालिकाको मृत्यु, चारजना गम्भीर घाइते

जिप दुर्घटनामा बालिकाको मृत्यु, चारजना गम्भीर घाइते


  • 4.0K
    Shares

    जिप दुर्घटनामा बालिकाको मृत्यु, चारजना गम्भीर घाइते

    काठमाडौं । कैलालीको चुरे गाउँपालिका–३, पंगाल भासुमा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् ।

    बुधबार (हिजो) साँझ करिब पौने ५ बजे प्रदेश ३ ०१ ००२३ च ९०५९ नम्बरको जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा जिपका चालक डोटीका ३० वर्षीय रमेश खड्का, जिपमा सवार २८ वर्षीया निर्मला खड्का, सात वर्षीया एलिसा खड्का, चुरे गाउँपालिका–६ की २६ वर्षीया दुर्गा साउद र पाँच वर्षीय सुनील साउद गम्भीर घाइते भएका हुन् ।

    घाइते सबैको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेकोमा एलिसाको भने मृत्यु भएको इलाका प्रहरी कार्यालय फुल्टुडेले जानकारी दिएको छ ।

    प्रकाशित मिति :श्रावण २८ २०७८ बिहिवार - १०:३३:०३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij