Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

अब यूएईको दुबई राज्यमा जान कोरोना विरुद्धको खोप लगाएको प्रमाण नचाहिने

अब यूएईको दुबई राज्यमा जान कोरोना विरुद्धको खोप लगाएको प्रमाण नचाहिने


  • 9.3K
    Shares

    अब यूएईको दुबई राज्यमा जान कोरोना विरुद्धको खोप लगाएको प्रमाण नचाहिने
    images

    संयुक्त अरब इमिरेट्स यूएईको दुबई राज्यमा जान अब कोरोना भाइरस विरुद्धको खोप लगाएको प्रमाण नचाहिने भएको छ ।

    नेपाल, भारत, पाकिस्तान र श्रीलङ्काबाट दुबई आउनेले यूएई सरकारले तोकेका अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नु परे पनि कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र भने पेस गर्नु नपर्ने यूएईको स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् । तर यो नियम यूएईको अन्य राज्यमा भने लागू हुने छैन । 

    कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र आवश्यक नभए पनि यूएई जाने नेपालीले सबैभन्दा पहिला त यूएईको सम्बन्धित निकायमा अनलाइनबाटै यूएई प्रवेशका लागि अनुमति लिनुपर्छ । ४८ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ ।

    नेपालको विमानस्थलमा र्‍यापिड पीसीआर परीक्षण गरेको हुनुपर्नेछ भने यूएईको विमानस्थलमा अवतरण भए पछि पनि पीसीआर परीक्षण गर्नुपर्छ । 

    क्वरेण्टीन लगायतका यूएई सरकारले तोकेको अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ । तर नेपालबाट जाने यात्रुको विमानस्थलमा र्‍यापिड पीसीआर परीक्षणको व्यवस्था नहुँदा दुबई उड्न विमानस्थल पुगेका यात्रुसमेत फर्किएका छन् ।

    यूएई जाने जहाज रित्तै गएको छ । नेपाल एयरलाइन्सले र्‍यापिड पीसीआर परीक्षणको व्यवस्था नभएसम्म यूएई जाने यात्रु नलैजाने बताएको छ ।

    प्रकाशित मिति :श्रावण २७ २०७८ बुधवार - ११:४५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij