२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । काठमाडौंको अनामनगरमा रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । स्कुटर चालक सुर्खेत घर भएका २९ वर्षीय सन्देश बुढाथोकीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिभिल अस्पताल मीनभवनमा मृत्यु भएको जनाइएको छ ।
गए राति सवा १ बजे रोकिराखेको प्रदेश ३, ०१, ००६ ख ०७९७ नम्बरको टिपरमा अनामनगरबाट हनुमानस्थानतर्फ जाँदै गरेको बा२ब ७५८९ नम्बरको स्कुटर ठोक्किएको हो ।
टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij