Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

औषधिजन्य लागुऔषधसहित नागढुंगाबाट ३ जना पक्राउ

औषधिजन्य लागुऔषधसहित नागढुंगाबाट ३ जना पक्राउ


  • 4.1K
    Shares

    औषधिजन्य लागुऔषधसहित नागढुंगाबाट ३ जना पक्राउ

    काठमाडौँ– औषधिजन्य लागुऔषधसहित काठमाडौँको नागढुंगाबाट ३ जना पक्राउ परेका छन् ।

    प्रहरीका अनुसार सोमबार साँझ वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना.६ख ४१३२ नम्बरको बसमा आएका पर्साको पकाहा मैनपुर घर भएका नितेश पटेललाई प्रहरीले पक्राउ गरेको थियो । उनको बयानका आधारमा अरू दुईजना पक्राउ परेका हुन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार १९ वर्षीय नितेशको साथबाट प्रहरीले गाडीको सिटमा लुकाएर ल्याएको डाइजेपाम ५ सय एम्पुल, नुफ्रिन ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल बरामद गरिएको हो ।

    एसपी बस्नेतका अनुसार लागुऔषध कीर्तिपुर बस्ने रवीन्द्र प्रसाद कुर्मी र फैयाज अन्सारीले मगाएका थिए । बारा घर भएका कुर्मी र पर्सा घर भएका अन्सारीलाई कीर्तिपुरको ट्याङ्लाफाँटबाट पक्राउ गरिएको हो ।

    अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

    प्रकाशित मिति :श्रावण २७ २०७८ बुधवार - १०:३२:५७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij