Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बिहीबारबाट उपत्यकामा राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

बिहीबारबाट उपत्यकामा राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने


  • 7.0K
    Shares

    बिहीबारबाट उपत्यकामा  राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

    काठमाडौं । उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनले बताए ।

    थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।

    प्रकाशित मिति :श्रावण २६ २०७८ मंगलवार - १५:००:५६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij