Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

उच्च अदालत पाटनले १० लाख रूपैयाँ बराबरको पुस्तकहरू कैदीबन्दीलाई वितरण गर्दै

उच्च अदालत पाटनले १० लाख रूपैयाँ बराबरको पुस्तकहरू कैदीबन्दीलाई वितरण गर्दै


  • 5.3K
    Shares

    उच्च अदालत पाटनले १० लाख रूपैयाँ बराबरको पुस्तकहरू कैदीबन्दीलाई वितरण गर्दै

    उच्च अदालत पाटनले १० लाख रूपैयाँ बराबरको पुस्तकहरू कैदीबन्दीलाई पढ्नका लागि आज वितरण गर्ने भएको छ । 

    उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंहका अनुसार आज नख्खु कारागारमा करीब १८ सय पुस्तक हस्तान्तरण गर्न लागिएको हो । 

    उच्च अदालत पाटन, ललितपुरका कार्यालय सहयोगीदेखि न्यायाधीशसम्मले आफ्नो तलबबाट आर्थिक सहयोग जुटाएर १० लाख रूपैयाँ बराबरको पुस्तक वितरण गर्न लागिएको हो । 

    नेपाली, अंग्रेजी भाषामा लेखिएका इतिहास, भूगोल, संस्कृतिलगायत विभिन्न विषयका पुस्तकहरू वितरण गर्न लागिएको हो । 

    कारागारमा रहेका कैदीबन्दीहरूले ती पुस्तक पढ्न पाउन् भन्ने सोचेर उच्च अदालत पाटनले उक्त काम गर्न लागेको हो।

    प्रकाशित मिति :श्रावण २६ २०७८ मंगलवार - १४:३४:०७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij