२०८२ भाद्र २ गते सोमवार
भारतमा पछिल्लो २४ घन्टामा थप २८ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो १४७ दिनपछि यति थोरै संख्यामा संक्रमित भेटिएका हुन् ।
पछिल्लो २४ घन्टामा थप ३७३ जना संक्रमितले ज्यान गुमाएका छन् ।
यही अवधिमा ४१ हजारभन्दा धेरै मानिस संक्रमणमुक्त भएका छन् ।
भारतमा हालसम्म कोरोना भाइरसबाट ३ करोड तीन १९ लाख ६९ हजार ९५४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ४ लाख २८ हजार ६८२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
अहिलेसम्म भारतमा ५१ करोड ४५ लाखभन्दा धेरै डोज खोप दिइसकिएको छ ।
भारत कोरोना संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij