Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ

जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ


  • 5.5K
    Shares

    जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ

    पोखरा- २६ वर्षीय एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले कास्कीको पोखराबाट एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पक्राउ पर्नेमा स्याङजा अर्जुन चौपारी घर भइ हाल पोखरा –१७ बिरौटा बस्दै आएका ३६ वर्षीय ख्यामबहादुर घर्ती छन् ।

    जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार घर्तीले २६ वर्षीया युवतीलाई डर, त्रास र धाक धम्की देखाएर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरिएको हो ।

    युवतीलाई पोखरा लेकसाइड खहरेमा रहेको एक होटलमा लगी जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको डिएसपी हमालले बताए ।

    पक्राउ परेका घर्तीलाई जिल्ला अदालत कास्कीबाट जबर्जस्ती करणी सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २६ २०७८ मंगलवार - ११:२९:०६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij