Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

पछिल्लो २४ घण्टामा देशभर ३६५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३६५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु


  • 7.8K
    Shares

    पछिल्लो २४ घण्टामा देशभर ३६५१ जनामा कोरोना संक्रमण  पुष्टि, २२ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा देशभर ३६५१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट  २६०९ जना र एन्टिजेन परीक्षणबाट १०४२ जनामा संक्रमण पुष्टि भएको हो । 

    २४ घण्टामा जम्मा १६ हजार ५९४ नमुना परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण १० हजार ४४५ र एन्टिजेन परीक्षण ६  हजार १४९ भएको मन्त्रालयले जानकारी दिएको छ । 

    स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १७८४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट  २२ जनाको मृत्यु भएको छ ।

    हालसम्म पिसिआर विधिबाट ७ लाख १७ हजार ४८६ जना र एन्टिजेन ६९ हजार  ५२० विधिबाट जनामा कोरोना पुष्टि भएको छ । 

    कोरोना मुक्त हुनेको संख्या ६ लाख  ७१ हजार ८३ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ११५ पुगेको छ । 

    अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ पुगेको छ । 

    प्रकाशित मिति :श्रावण २५ २०७८ सोमवार - १७:५६:२२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij