Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

घर बनाउने क्रममा पर्खालसहित लडेर एक जनाको मृत्यु, अर्का घाइते

घर बनाउने क्रममा पर्खालसहित लडेर एक जनाको मृत्यु, अर्का घाइते


  • 4.6K
    Shares

    घर बनाउने क्रममा पर्खालसहित लडेर एक जनाको मृत्यु, अर्का घाइते

    सुनसरीमा बन्दै गरेको घरको पर्खाल भत्किएर एक जनाको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन्। 

    कोशी गाउँपालिका–५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नयाँ घरको दोस्रो तल्लाको सिँडीको पर्खाल लगाउने क्रममा पर्खालसहित लड्दा एक जना मजदुरको घटनास्थलमै मृत्यु भएको हो।

    मृत्यु हुनेमा ईनरुवा नगरपालिका–१० जल्पापुरका ३७ वर्षीय ईशादिल अन्सारी रहेका छन्।

    सो घटनामा देवानगंज गाउँपालिका–३ का २४ वर्षीय मो. सतार अन्सारी घाइते भएका छन्। उनको जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भइरहेको छ।

    घटनास्थलमा ईलाका प्रहरी लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ।

    प्रकाशित मिति :श्रावण २५ २०७८ सोमवार - १७:०५:३३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij