Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अफगानिस्तानमा भीषण सुरक्षा कारबाहीको क्रममा एकैदिन मारिए ५७० लडाकू

अफगानिस्तानमा भीषण सुरक्षा कारबाहीको क्रममा एकैदिन मारिए ५७० लडाकू


  • 5.3K
    Shares

    अफगानिस्तानमा भीषण सुरक्षा कारबाहीको क्रममा एकैदिन  मारिए ५७० लडाकू

    अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा एकैदिनमा थप ५७० जना विद्रोही लडाकूहरुको मृत्यु भएको छ ।

     रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका घटनामा परी प्रतिबन्धित तालिबान लडाकूहरु मारिएका सोमबार जानकारी दिएको छ । घटनामा परी अरु १६१ जना घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

     देशका नान्गार्हार, खोस्ट, लोगार, पाक्टिया, कान्दाहार, हेरात, फाराह, जोब्जान, सामाङगान, हेल्मान्ड, तखार, कुन्दुज र पन्ज्शीरलगायतका क्षेत्रमा घटना भएका हुन् ।

     अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि अफगानिस्तानमा हिंसात्मक गतिविधिहरु बढेका छन् ।

     तालिवान लडाकूहरुले विभिन्न प्रान्तीय राजधानी कब्जामा लिन थालेपछि हिंसात्मक घटना धेरै भएका हुन् ।

    प्रकाशित मिति :श्रावण २५ २०७८ सोमवार - १६:३६:३७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij