२०८२ भाद्र २ गते सोमवार
जुम्ला – सवारी चालक अनुपतिपत्र (लाइसेन्स) बिनै सवारी चलाउने जुम्लाका तीन सय १९ जना चालक कारबाहिमा परेका छन् । गएको आर्थिक वर्ष २०७७-७८ को असार मसाान्तसम्म तथ्यांकअनुसार लाइसेन्स बिनै सवारी चलाउने जुम्लाका ३ सय १९ जना चालक कारबाहीमा परेका हुन् । लाइसेन्स बिनै सवारी चलाउनेमा सबैभन्दा बढी अटो चालक, त्यसपछि मोटरसाइकल र टयाक्टर, जिप चालकहरु छन् ।
संघीयतापछि जुम्लामा ट्रायल सेन्टर हुँदाहुँदै यातायात व्यवस्था कार्यालय खारेज गरी लाइसेन्स वितरण बन्द गरेपछि जुम्लासहित साविक कर्णलीका अधिकांश चालक लाइसेन्सविहीन रहेको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक विमलकुमार रावतले बताए ।
उनका अनुसार सुर्खेत गएर लाइसेन्स ल्याउन आर्थिक तथा भौगोलिक रूपले समस्या रहेपछि जुम्लाका चालक कमाईभन्दा बढी जरिवाना तिरेर सवारी चलाउने गरेको छन् । लाइसेन्स बिनै सवारी चलाएबापत प्रतिव्यक्ति चालक १ हजार जरिवाना काट्ने प्रावधान छ ।
संघीयतापछि जुम्लाबाट यातायात व्यवस्था कार्यालय खारेज भएपछि रोजीरोटी जुटाउने गाडीको किस्ता तिर्न जरिवाना तिरेरै भएपनि लाइसेन्स बिनै सवारी चलाउन चालकहरु बाध्य रहेको यातायात सेवा कार्यालय जुम्लाका प्रमुख निरविक्रम शाहीले बताए । नियमित पहल भइरहेको मन्त्रालयका सचिवले पनि जुम्लामा लाइसेन्स खोल्ने आश्वासन कोभिड सामान्य भएपछि भदौमा लाइसेन्स वितरण खुल्न सक्ने प्रमुख शाहीको भनाइ छ ।
सवारी कारबाहीबाट १३ लाख राजस्व संकलन :
जुम्लामा सवारी कारबाहिबाट १३ लाख बढी राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय जुम्लाले गएको आर्थिक वर्षमा विभिन्न शीर्षकमार्फत १३ लाख २२ हजार ५० रुपैया राजस्व संकलन भएको जनाएको छ । ट्राफिक कार्यालय जुम्लाका प्रहरी हवल्दार कुशराज शाहीका अनुसार आव २०७६-७७ एक हजार १ सय १३ सवारी कारबाहीबाट १० लाख ४० हजार राजश्व उठेकोमा राजश्व उठेको बितेको आव २०७७-७८ मा एक हजार ३ सय २८ सवारी कारबाहिबाट १३ लाख २२ हजार राजस्व संकलन भएको छ । जसमा लाइसेन्स बिनै सवारी चलाउने चालकहरुको कारबाहिबाट ३ लाख २२ हजार जरिवाना असुली भएको छ ।
भने, क्षमताभन्दा बढी यात्रु राख्ने २ सय ५९ सवारीलाई कारबाहीबाट २ लाख ५९ हजार जरिवानालगायत अन्य विभिन्न शिषकबाट गरी १३ लाख बढी राजव उठेको हबल्दार कुशराज शाहीले जानकारी दिए । तथ्यांकले जुम्लामा सवारीको चापसँगै ट्राफिक नियमित उल्लंघन पनि उत्तिकै बढेको प्रष्ट हुन्छ ।
गएको आर्थिक वर्ष जुम्लामा २६ वटा सवारी दुर्घटना भएका छन् । जसमा ४ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते र ३७ जना सामान्य घाइते भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij