२०८२ भाद्र २ गते सोमवार
रौतहट — चन्द्रपुर नगरपालिका–१ मा सोमबार बिहान बोलबम यात्री सवार गाडी नहरबाट खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना बेपत्ता भएका छन् भने ९ जना घाइते छन् ।
बिहान करिब ४ बजे वाग्मती नदीबाट जल लिएर बारास्थित काटघाट मन्दिर जाँदै गर्दा उनीहरू सवार ना५च ३१६६ नम्बरको बोलेरो गाडी नुनथर नहरमा पल्टिएको हो ।
घाइतेहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबै खतरामुक्त रहेको अस्पतालका चिकित्सक सुभाष चौधरीले बताए । प्रहरीले गाडी चालक अनिल शर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
बेपत्ता महिलाको खोजीका लागि प्रहरीले नेपाली सेनासित मद्दत मागेको छ । अहिले नहरको पानी सुकाएर खोजतलास जारी राखिएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनायो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij