Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


  • 5.4K
    Shares

    घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

     काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

     सुन तोलामा एक हजार रुपैँयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैँयामा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

     यसैगरी तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ थियो ।

     चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :श्रावण २५ २०७८ सोमवार - ११:११:५६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij