Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

धादिङ अस्पतालमा डेंगु र स्क्रब टाइफसका बिरामी बढे

धादिङ अस्पतालमा डेंगु र स्क्रब टाइफसका बिरामी बढे


  • 7.5K
    Shares

    धादिङ अस्पतालमा डेंगु र स्क्रब टाइफसका बिरामी बढे

    धादिङ — गए सातादेखि धादिङ सदरमुकामस्थित अस्पतालमा ज्वरोका बिरामीको चाप बढेको छ ।  जेठ-असारमा भन्दाअहिले ज्वरोका बिरामीको चाप बढेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम बिकले बताए ।

    उनका अनुसार दैनिकजसो २ सय जना बिरामी ज्वरो क्लिनिकमा आउने गरेका छन् । तीमध्ये २५ प्रतिशत कोभिड अन्य सबैमा डेंगु र स्क्रब टाइफसको लक्षण देखिने गरेको सूचना अधिकारी बिकले बताए ।

    मौसम परिवर्तनका कारण भाईरलका बिरामी बढेसँगै डेंगु र स्क्रब टाइफसका बिरामी पनि यो महिना बढेको हो ।

    अस्पतालले व्यक्तिगत सरसफाइलाई विषेश ध्यान दिन, ताजा तथा स्वच्छ खानेकुरा खान र कोभिडसFग सम्बन्धित लक्षणहरू छन् भने स्वास्थ्यकर्मीसँग परामर्श लिई उपचार गर्न अनुरोध गरिएको छ । बिरामीको चाप बढी भएका र स्वास्थ्यकर्मीको संख्या अस्पतालको दरबन्दीभन्दा कम भएकाले व्यवस्थापनमा समस्या भएको जिल्ला अस्पतालले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - १६:४७:१२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij