Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चितवनमा थप कडा प्रावधानसहित साउन ३२ गतेसम्म थपियो निषेधाज्ञा : सवारीमा जोरबिजोर

चितवनमा थप कडा प्रावधानसहित साउन ३२ गतेसम्म थपियो निषेधाज्ञा : सवारीमा जोरबिजोर


  • 4.5K
    Shares

    चितवनमा थप कडा प्रावधानसहित साउन ३२ गतेसम्म थपियो निषेधाज्ञा : सवारीमा जोरबिजोर

    चितवन । चितवनमा थप कडा प्रावधानसहित साउन ३२ गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ । कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले चितवनले आज राति १२ बजेबाट लागु हुनेगरी निषेधाज्ञालाई कडा पारिएको सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टाराईले जानकारी दिए । 

    उनका अनुसार जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी)को सिफारिस अनुसार जारी निषेज्ञालाई कडा पारिएको हो । अबको निषेधाज्ञामा अनुगमन र नियमनलाई कडा पारिने भट्टराईको भनाइ छ ।  

    नयाँ प्रावधान अनुसार अबको निषेधाज्ञामा दैनिक अत्यावशकीय खाद्य वस्तु खरिद–विक्रीका लागि समय निर्धारण गरिएको छ । जारी आदेश अनुसार अन्य उपभोग्य वस्तुका पसलहरू अब आइतबार मंगलबार र बिहीबार मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मात्र खोल्न पाइने छ ।

    यस्तै कृषिजन्य वस्तु, पशुचौपायाका आहारा र दुध डेरीका लागि बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्मको समय तोकिएको छ । 

    यस्तै रेस्टुरेन्ट, खाजा पसल र मिठाइ पसलको हकमा दैनिक मध्याह्न १२ बजेदेखि ६ बजेसम्मको समय तोकिएको छ । अत्यावश्यक सवारीसाधनबाहेक निजी तथा सार्वजनिक साधनको हकमा जोर बिजोर प्रणाली लागु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए  । 

    यसअघि हप्ताको सातै दिन सबै प्रकारका सेवालाई सञ्चालन गर्न दिइएको थियो ।

    अन्य बैंक, वित्तीय संस्था तथा सरकारी कार्यालयको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने जारी आदेशमा जनाइएको छ ।

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - १६:१०:१९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij