Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सल्यानमा बाढीले बगाएर एकजनाको मृत्यु

सल्यानमा बाढीले बगाएर एकजनाको मृत्यु


  • 6.4K
    Shares

    सल्यानमा बाढीले बगाएर एकजनाको मृत्यु

    काठमाडौं । सल्यानमा बाढीले बगाएर एकजनाको मृत्यु भएको छ ।

    छत्रेश्वरी गाउँपालिका–४, जुटढुंगा बस्ने ३२ वर्षीया डिल्ली ओलीका छोरा १२ वर्षीय ओमकार ओलीको सोही ठाउँस्थित गगनपानी खोला तर्ने क्रममा बगाएर शनिबार साँझ मृत्यु भएको हो ।

    आमासँग वनमा गाईगोरु चराई घर फर्कँदै गर्दा गगनपानी खोला तर्ने क्रममा अविरल वर्षाको कारण माथिबाट बाढी आई बगाउँदा घटनास्थलदेखि २०० मिटर टाढा ओमकारको शव फेला परेको हो ।

    यस्तै, खोलानजिकै बेहोस अवस्थामा रहेकी उनकी आमालाई इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि स्वास्थ्यचौकी पठाएको र हाल अवस्था सामान्य रहेको जनाइएको छ ।

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - १३:५८:१४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij