Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अवैध तरिकाबाट ल्याएको यार्सागुम्बासहित नागढुंगाबाट एक युवक पक्राउ

अवैध तरिकाबाट ल्याएको यार्सागुम्बासहित नागढुंगाबाट एक युवक पक्राउ


  • 4.7K
    Shares

    अवैध तरिकाबाट ल्याएको यार्सागुम्बासहित नागढुंगाबाट एक युवक पक्राउ

    काठमाडौँ – अवैध तरिकाबाट ल्याएको जडिबुटी यार्सागुम्बा, सिलाजित र केशरीसहित प्रहरीले काठमाडौँको नागढुंगा चेकप्वाइन्टबाट एकजनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय तुला कामी रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार काँकडभिट्टाबाट काठमाडौँ आउदै गरेको ना.७ ख २१११ नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा कामीका साथबाट ४१२ ग्राम यार्सा, ६५० ग्राम सिलाजित र १ सय ग्राम केशरी बरामद गरिएको हो ।

    कामी माथि थप अनुसन्धानका लागि डिभिजन बन कार्यालय हात्तीसार पठाइने तयारी भएको एसपी बस्नेतले बताए ।

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - १३:०९:३९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij