Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

नेपालमै पहिलो पटक ब्रिटिस कलेजले पायो ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

नेपालमै पहिलो पटक ब्रिटिस कलेजले पायो ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता


  • 7.6K
    Shares

    नेपालमै पहिलो पटक ब्रिटिस कलेजले पायो ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता
    images

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ ।

    लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्वन्धनमा शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको टीबीसीले बीएसीको मान्यता पाएको हो ।

    यससँगै टीबीसी नेपालमा ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त गर्ने पहिलो कलेज बनेको छ । बीएसीको टिमले कलेजको हरेक पक्षलाई शुक्ष्म ढंगले अध्ययन तथा अनुसन्धान गरेर टीबीसीलाई मान्यता दिएको हो । बीएसी आफैमा पनि प्रतिष्ठित संस्था रहेको कारणले गर्दा सामान्य त्रुटीहरु भेटिए पनि शैक्षिक संस्थाहरुलाई आफ्नो मान्यता दिँदैन । ब्रिटिस कलेजले पनि हरेक पक्षमा ध्यान दिएको कारणले गर्दा कठिन तरिकाले मान्यता प्राप्त गरेको हो ।

    बीएसीले शैक्षिक संस्थाहरुलाई मान्यता प्रदान गर्नको लागि कलेजको भौतिक संरचना, विद्यार्थी, कर्मचारी लगायतका विषयहरुको जाँच गरेको थियो । टीबीसीले विद्यार्थी तथा कर्मचारीहरुलाई दिएको सुविधा, पाठ्यक्रम, कर्मचारीहरु, बिभिन्न विभागहरु, भवनको संरचना, अनलाइन सेवा सुविधाहरु, विद्यार्थी भर्ना प्रकृया, विद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलाप तथा रोजगारीका अवसरहरु प्रदान गरेको कारण बीएसीको मान्यता पाएको हो । यससँगै बीएसीले टीबीसीको साझेदार संस्थाहरु, सल्लाहकार समिति, सहयोगी प्यानलहरुको समूह लगायतको पनि जाँच गरेको थियो । 

    कोभिड– १९ को महामारीको समयमा कलेजले कसरी शिक्षा प्रदान गरिरहेको छ भनेर ब्रिटिस एक्रिडेसन काउन्सिलले प्रत्यक्ष रुपमा विद्यार्थीहरुको सिकाई, एकेडेमिक टिमको कार्यशैली लगायतका कामको अवलोकन तथा मूल्यांकन गरेका थिए । यो कठिन अवस्थामा पनि कलेजले प्रभावकारी रुपमा काम गरेको, विद्यार्थीहरुले भोग्नुपरेका प्राविधिक कामहरुलाई पनि समाधान गरिदिएको साथै  शिक्षक तथा कर्मचारीहरु विद्यार्थीहरुलाई आवश्यक परेको समयमा उपलब्ध भएकाले पनि मान्यताको लागि सकारात्मक पाटो बनेको हो ।

    टीबीसीका मार्केटिङ तथा एडमिसन हेड अमरद्वीप मण्डलले महत्वपूर्ण मान्यता पाएसँगै कलेज परिवार निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् । साथै, कलेजले आगामी दिनमा अझै उत्कृष्ट काम गर्नको लागि विद्यार्थी, पूर्व विद्यार्थी, कर्मचारीका साथै बिभिन्न संस्थाहरुसँग काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - १२:४०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij