Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रोकेर राखिएको ट्रकसँग बस ठोक्किँदा आठ जना घाइते

रोकेर राखिएको ट्रकसँग बस ठोक्किँदा आठ जना घाइते


  • 4.8K
    Shares

    रोकेर राखिएको ट्रकसँग बस ठोक्किँदा आठ जना घाइते

    धनकुटा — कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डको पात्ले खोलानजिक आइतबार बिहान बस दुर्घटनाग्रस्त हुँदा आठ यात्रु घाइते भएका छन् ।

    काठमाडौंबाट भोजपुरतर्फ जाँदै गरेको बा५ख ५६२४ नम्बरको बस सडकमा रोकेर राखिएको को१ख ४२२८ नम्बरको ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये सात जनाको धनकुटा जिल्ला अस्पताल र गम्भीर अवस्थाका एक जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ । बाक्लो हुस्सुका कारण सडकमा रोकिएको ट्रक नियाल्न नसकेर ठक्कर लागेको प्रहरीको अनुमान छ । दुर्घटनामा बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बस चालक अभिलाष भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - १२:२१:३८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij