२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको मंगलवार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट हाल कायम चुक्तापूँजीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो लाभांश पाउन आगामी सभाले अनुमोदन गर्नुपर्ने हुन्छ ।
यसैबीच कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २२ गते सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को सभा एकैपटक बोलाएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij