२०८२ भाद्र ९ गते सोमवार
काठमाण्डौ । नेपालका लागि ह्युन्डईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पछिल्लो उत्पादन अल न्यु ह्युन्डई आई२० नेपाली बजारमा भित्र्याएको छ।
ह्युन्डई आई२० आकर्षक र उत्कृष्ट डिजाइनका लागि सुरुदेखि नै परिचित मोडल हो। कम्पनीले नयाँ जेनेरेसन मोडल युरोपियन स्पेकबाट प्रेरित रहेर उत्पादन गरेकाले यसले बजारमा अलगै छाप छोड्ने निश्चित छ।
नयाँ जेनेरेसन आई २० मा ह्युन्डईको चर्चित र सफल कप्पा इन्जिन दिएको छ। उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ पीएस पावर प्रदान गर्नेछ। उक्त इन्जिनमा म्यानुअल गियरबक्स दिइएको छ।
निकै स्पोर्टी डिजाइनमा आएको नयाँ आई२० को बाहिरी आवरण निकै आकर्षक र सुन्दर देखिन्छ। प्रोजेक्टर हेडल्याम्प, जेड आकारको एलइडी टेल ल्याम्प, फ्लाईब्याक रियर ग्लाससहितको क्रोम बेल्टलाइन, स्लिक लुकिङ ग्लास, सार्क फिन एन्टेना, १६ इन्चको अलोय ह्विलजस्ता विशेषताले यसलाई सडकमा निकै विशिष्ट बनाउने छ।
ब्ल्याक कलर इन्टेरियर, उत्कृष्ट सिट, फुल डिजिटल इन्ट्रमेन्ट क्लस्टर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्विल, आर्म रेस्टजस्ता फिचरले आई२० लाई निकै विलासी र प्रिमियम गाडी बनाएको छ।
विभिन्न ६ कलर भेरियन्टमा उपलब्ध नयाँ जेनेरेसन आई २० टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक ग्रे, स्टार्री नाइट, पोलार ह्वाइट र फायरी रेडमा उपलब्ध रहनेछ।
यात्रु सुरक्षाका लागि आई २० मा ह्युन्डईले धेरै फिचर प्रदान गरेको छ। ड्युल एअरब्याग, एबीएस, ईबीडी, आपतकालीन स्टप सिग्नल (इएसएस) र स्मार्ट पेडलजस्ता फिचर रहेका छन्।
अतुलनीय ड्राइभिङ एक्स्पेरिएन्स, उत्कृष्ट पावर र पर्फमेन्स, एप्पल कार प्ले र एन्ड्रोइट अटो सपोर्ट गर्ने टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, टायर प्रेसर मोनिटरिङ सिस्टम, रिअर आर्म रेस्ट, रियर एसी भेन्ट्सले चालक र यात्रु दुवैलाई मनोरञ्जनसहितको यात्रा प्रदान गर्नेछ।
ह्युन्डई आई २० म्याग्ना र स्पोर्टज अप्सनमा उपलब्ध हुनेछ। म्याग्ना अप्सनको मूल्य ३६ लाख ९६ हजार र स्पोर्टज अप्सनको मूल्य ४१ लाख ९६ हजार रुपैयाँ राखिएको छ।
ह्युन्डईको नयाँ जेनेरेशन आई २० लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको देशभर रहेका १४ वटै शोरुमाबाट बिक्री सुरु भएको छ। विक्रीपछिको सेवाको लागि १८ वटा सर्भिस सेन्टरहरु मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
ह्युन्डई मोटरका उत्पादन नेपालमा सर्वाधिक विक्री हुने कम्पनीमा पर्छ भने विश्वकै ५ औं ठूलो अटोमोवाइल उत्पादक कम्पनी हो। कम्पनीले ल्याएका उत्कृष्ट मोडलहरुले विश्वभर रहेका करोडौं ग्राहकको मन र विश्वास जित्न सफल भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij