अहिले देशभर सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ पुगेको छ ।
२०८२ भाद्र २ गते सोमवार
पछिल्लो २४ घण्टामा देशभर ३३८३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २४४८ जना र एन्टिजेन परीक्षणबाट ९३५ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा जम्मा १६ हजार ७१८ नमुना परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण १० हजार ६३८ र एन्टिजेन परीक्षण ६ हजार ८० भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १९९४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।
हालसम्म पिसिआर विधिबाट ७ लाख २ हजार ९७ जना र एन्टिजेन ६३ हजार ७१८ विधिबाट जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना मुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ९२२ पुगेको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij