Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोना संक्रमण पुष्टि ,२३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोना संक्रमण पुष्टि ,२३ जनाको मृत्यु


  • 5.4K
    Shares

    पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोना संक्रमण पुष्टि ,२३ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट  २२७९ जना र एन्टिजेन परीक्षणबाट ८४६ जनामा संक्रमण पुष्टि भएको हो । 

    २४ घण्टामा जम्मा १३ हजार ८११ नमुना परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण १० हजार ६१३ र एन्टिजेन परीक्षण ३  हजार १९८ भएको मन्त्रालयले जानकारी दिएको छ । 

    स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १९२५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट  २३ जनाको मृत्यु भएको छ ।

    हालसम्म पिसिआर विधिबाट ६ लाख ९९ हजार ६४९ जना र एन्टिजेन ६२ हजार  ७८३ विधिबाट जनामा कोरोना पुष्टि भएको छ । 

    कोरोना मुक्त हुनेको संख्या ६ लाख  ५८ हजार १२२ पुगेको छ । 

    कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८९८ पुगेको छ । 

    अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ पुगेको छ । 

    प्रकाशित मिति :श्रावण १८ २०७८ सोमवार - १६:५९:०७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij