२०८२ भाद्र २ गते सोमवार
झापा । झापामा ९ वर्षीया एक बालिका बलात्कृत भएकी छिन् ।
ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–३ धर्मचोक बस्ने १९ वर्षीय दिपेन कार्की आइतबार साँझ पक्राउ परेका हुन् ।
ती बालिकालाई कार्कीले साउन ३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij