Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

काठमाडौं महानगरका सबै वडा खोप केन्द्रहरूमा सकियो खोप, अत्यावश्यक परेमा यी केन्द्रबाट लिनुहोस् सेवा !

काठमाडौं महानगरका सबै वडा खोप केन्द्रहरूमा सकियो खोप, अत्यावश्यक परेमा यी केन्द्रबाट लिनुहोस् सेवा !


  • 9.0K
    Shares

    • images
    काठमाडौं महानगरका सबै वडा खोप केन्द्रहरूमा सकियो खोप, अत्यावश्यक परेमा यी केन्द्रबाट लिनुहोस् सेवा !
    images

    काठमाडौं महानरपलिकाका सबै वडा खोप केन्द्रपमा कोरोना खोप सकिएको छ। त्यसैले अहिलेलाई ती केन्द्रमा खोप लगाउन नपाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । 

    अति आवश्यक क्षेत्रमा कार्यरत व्यक्तिका लागि भने आज पनि वैकल्पिक स्थानमा खोप व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बुद्धिबहादुर खड्काले जानकारी दिएका छन् । 

    उनका अनुसार अत्यावश्यक सेवामा कार्यरत व्यक्तिका लागि आज राधास्वामी आइसोलेसन सेन्टर, प्रसूति गृह, काठमाडौं मेडिकल कलेज, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोपको व्यवस्था गरिएको हो।

    यस्तै रोजगारी, अध्ययन एवं अन्य कामका लागि विदेश जानेका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप व्यवस्था गरिएको छ। तर त्यहाँ जानुअघि अनिवार्य रूपमा अनलाइनमा नाम दर्ता गराउन पर्नेछ।

    वैदेशिक रोजगारी, उपचार, अध्ययन वा अन्य कामका लागि विदेश जाने व्यक्तिले आजदेखि नै अनिवार्य रूपमा vaccine.mohp.gov.np मा नाम र विवरण भरेर आएपछि मात्र खोप लगाउन पाउने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

    उनका अनुसार अब ४र५ दिनभित्र भेरोसेलको दोस्रो खोप लगाउन सुरु गरिनेछ। त्यसका लागि पनि अनिवार्य रूपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा खोप लगाएको कार्ड लिएर आउनुपर्नेछ। 

    स्वास्थ्य कार्यालय (काठमाडौं)का प्रमुख श्रेष्ठका अनुसार काठमाडौं महानरपालिकाका साथै बूढानीलकण्ठमा खोप सकिएर र गोकर्णेश्वरमा केही खोप केन्द्रमा विवादका कारण आज (सोमबार) खोप कार्यक्रम सञ्चालन नहुने जानकारी प्राप्त भएको छ। 

    प्रकाशित मिति :श्रावण १८ २०७८ सोमवार - ११:२६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij