Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काबुलमा बम विस्फोट : उप–गभर्नर र सचिवको मृत्यु, दुई सुरक्षाकर्मी गम्भीर घाइते

काबुलमा बम विस्फोट : उप–गभर्नर र सचिवको मृत्यु, दुई सुरक्षाकर्मी गम्भीर घाइते


  • 7.2K
    Shares

    काबुलमा बम विस्फोट : उप–गभर्नर र सचिवको मृत्यु,  दुई सुरक्षाकर्मी गम्भीर घाइते

    काबुल । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा उप–गभर्नर र सचिवको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

    अफगान गृह मन्त्रालयका प्रवक्ता तरिक अरियानले उप–गभर्नर मोहाब्बातुल्लाह मोहाम्मादी र उनका सचिव बम आक्रमणमा मारिएको बताए । दुबै सरकारी पदाधिकारी चढेको सवारी साधनमा बम राखेर रिमोटबाट पड्काइएको बताउँदै प्रवक्ता तरिकले सवारी साधनमा रहेका दुई सुरक्षाकर्मी गम्भीर घाइते भएको जानकारी दिए ।

    आक्रमणबाट सवारी साधन पनि नराम्रोसँग क्षतिग्रस्त भएको छ । प्रवक्ता तारिकले उक्त घटनाको अनुसन्धान भइरहेको बताए ।

    उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । तर अफगान सरकारी अधिकारीहरुले उक्त आक्रमण विद्रोही तालिबानले गराएको दाबी गरेका छन् । हालैका महिनाहरुमा अफगानिस्तानका ठूला शहरहरुमा तालिबान समूहले घुसपैठ गरी सिलसिलाबद्ध आक्रमण जारी राखेको अफगानी अधिकारीहरुको भनाई छ ।

    मङ्गलबार नै काबुलकै पूर्वी क्षेत्रमा सशस्त्र लडाकूले प्रहार गरेको गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान जानुका साथै अरु दुई प्रहरी घाइते भएका छन् ।

     

    प्रकाशित मिति :मंसिर ३० २०७७ मंगलवार - १३:४१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij