Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कोरोनाका कारण तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन

कोरोनाका कारण तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन


  • 7.1K
    Shares

    कोरोनाका कारण तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन

    काठमाण्डौ ।  विश्वव्यापी रुपमा फैलिएको कारोनाका कारण पछिल्लो  तीन हप्तामा विदेशमा थप ३९ जना नेपालीले ज्यान गुमाएका छन् ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार मलेसियामा ३७ जना, इराक र युगान्डामा १,१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो । संघले संकलन गरेको तथ्यांक अनुसार अहिलेसम्म  भारतसहित विश्वभर २९ देशमा रहेका ४ सय ८६ जना नेपालीको कोरोनाका कारण ज्यान गएको छ ।  इराकमा पहिलो पटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो ।

    गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार अहिलेसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।  तीमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन् ।

    समितिका संयोजक डा संजिव सापकोटाका अनुसार अहिलेसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् । सापकोटाका अनुसार विगत दुई हप्तामा मलेसिया  र भारतमा रहेका नेपालीमा  भने थप कोरोना संक्रमण देखिएको छ ।

    प्रकाशित मिति :श्रावण १७ २०७८ आइतवार - १५:०१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij