२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । एन्ड्रोइड स्मार्टफोनका लागि पहिलो पटक रियलमीले आउँदो मंगलबार म्याग्नेटिक वायरलेस चार्जर सार्वजनिक गर्ने भएको छ । ‘म्यागडर्ट’ नामक चुम्बकीय चार्जरका केही स्पेसिफिकेशन बाहिर आइसकेको छ ।
यो एप्पलको म्यागसेफ चार्जरभन्दा ४४० प्रतिशत फास्टर हुने दाबी गरिएको छ । साथै म्यागसेफभन्दा यो चार्जर केही पातलो हुनेछ । हालसम्म प्राप्त जानकारीअनुसार यो चार्जर दुई भेरियन्टमा उपलब्ध हुनेछ ।
रियलमीले बिहीबार सार्वजनिक गर्ने नयाँ स्मार्टफोन ‘रियलमी फ्ल्याश’ सँगै म्याग्नेटिक चार्जर पनि आउने बताइएको छ । यसको अर्थ म्याग्नेटिक वायरलेस चार्जर प्रयोग हुने पहिलो एन्ड्रोइड फोन नै ‘रियलमी फ्ल्याश’ बन्नेछ । नेपाली समयअनुसार साँझ ५ः४५ मा हुने एक कार्यक्रमबाट कम्पनीले यो उत्पादन सार्वजनिक गर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij